
बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले १४ प्रतिशत लाभांश पारित गर्न मंसिर २९ गते, बुधबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा मंसिर २९ गते, बुधबार सत्ताइसौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले बैंक सञ्चालक समितिको कार्तिक ८ गते, सोमबार सम्पन्न बैठकले प्रस्ताव गरे अनुरुप आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर १० गतेदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुन आउने शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया