
काठमाण्डौं महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन नसकेको जनाएको छ ।
विगत तीन वर्षदेखि नै कामपाले हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म नयाँ शौचालय निर्माण काम पनि भएको छैन भने अर्कातिर भएका शौचालयलाई सफाइ गर्ने काम पनि अघि बढ्न सकेको छैन ।
विश्व शौचालय दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा यसको दोष काठमाडौँ महानगरपालिकाले स्थानीय बासिन्दालाई थुपारेको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले ‘सार्वजनिक शौचालय भन्नेबित्तिकै गन्ध आउँछ भन्ने बुझाइ छ । उनले विगतमा सञ्चालन गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनका कारण बनेको नकारात्मक बुझाइका कारण नयाँ शौचालय निर्माणको काम अघि बढ्न नसकेको बताए ।
प्रवक्ता डङ्गोलले अब निर्माण हुने शौचालय प्रविधियुक्त र वातावरणमैत्री हुने भन्दै यसका लागि स्वयम्भू र बानेश्वरमा परीक्षण सुरु गरिसकेको जानकारी दिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्यले सरकारले खानेपानी र सरसफाइका लागि विनियोजन गर्ने बजेट बढ्न नसकेकाले पनि यस क्षेत्रमा पर्याप्त काम हुन नसकेको उल्लेख गरे ।
नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि १० प्रतिशत नागरिकले अझै खुलारुपमै दिसा र पिसाब गरिरहेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया