मुक्तिनाथ विकास बैंक (MNBBL) ले मंसिर २५ गते पन्धौं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार मंसिर २५ गते होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजेदेखि सुरू हुनेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
सभामा बैंकको बैंकको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कुल १८.५० लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । पन्ध्रौं वार्षिक साधारण सभाले बोनस पारित गरेपछि बैंकको पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६रुपैयाँ पुग्नेछ ।
साधारण सभाका अन्य एजेन्डामा मुक्तिनाथ विकास बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७७।७८ को वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण पारित गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन गर्ने लगायतका रहेका छन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मुक्तिनाथ विकास बैंकले मंसिर १५ देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबारदिन अर्थात मंसिर १४ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन तथा बैकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया