सुनको मूल्य ७ सयले घट्यो, यस्तो छ आजको बजार भाउ

0
Shares

साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ बर चाँदीको मूल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ, तेजावी सुन ९३ हजार ९०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।