सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा

0
Shares

सानिमा बैंक लिमिटेड (SANIMA)  ले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर मंसिर ५ गतेदेखि ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको छ ।

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको छ ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्याम काजी अवालेले संयुक्त रुपमा गरेका हुन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार  १९ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।