राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल निष्काशन गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ ।

सरकारी खर्च जुटाउनका लागि केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि उक्त रकम बराबरको ट्रेजरी बिल निष्कासन गर्न लागेको हो ।

केन्द्रीय बैंकले ९१ दिनको लागि २ अर्ब २३ करोडको, १८२ दिनको लागि १२ अर्ब ४७ करोड बराबरको र एक वर्षका लागि ११ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

उक्त बिलहरु क्रमश: आगामी फागुन १० गते, २०७९ जेठ १० गते र २०७९ मंसिर ६ गते परिपक्व हुनेछ ।

मंगलबारदेखि निष्कासन हुने उक्त ट्रेजरी बिल खरीदका लागि बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजे बोलकबोल गर्न सक्नेछन् ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था र सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

यसअघि कार्तिक २९ गते जारी भएको ९१ दिने ट्रेजरी बिल्समा औसत ४.९१४९ र १८२ दिने ट्रेजरी बिल्समा औसत ५.०४२८ डिक्काउन्टदर निर्धारण भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।