लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि कम्पनीले सोमबार एक सूचना जारी गरेको हो ।

उक्त संस्थापक शेयरको मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।

इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले २५० वा सो भन्दा बढी मूल्यमा प्रतिस्पर्धात्मक रुपमा आवेदन गर्न सक्नेछन् । ३५ दिनभित्र निवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त समय अवधिमा विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरीदको निवेदन नपरेमा बीमा समितिको निर्देशन, तथा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।