नेरुडे लघुवित्तले तोक्यो शेयर दाखिल खारेजी मिति

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिल खारेजी मिति ( बुकक्लोज) तोकेको छ ।

लघुवित्त सञ्चालक समितिको बैठकले पुस १० गते आह्वान गरकेो साधारण सभाका लागि मङ्सिर २६ गतेदेखि पुस १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार मङ्सिर २३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम हुन लगानीकर्ताले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

लघुवित्तले पुस १० गते शनिबारको साधारण सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका अन्य प्रस्ताव पेश हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशत गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसअनुसार १० करोड ६१ लाख २२ हजार ४२६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५५ लाख ८५ हजार ३ सय ९० रुपैयाँ ८४ पैसा लाभांश वितरण गर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।