आइतबार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो

0
Shares

आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार १०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।
आइतबार सुनको मूल्य बढेपनि चाँदी तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७८, आइतबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।