सुनको मूल्यमा सोमबार सामान्य गिरावट, चाँदी भने बढ्यो

0
Shares

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्य घटेपनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७८, सोमबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।