बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया