‘नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत, आजदेखि कारोबार खुल्दै

0
Shares

नबिल बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ ऋणपत्र बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

बैंक र नेप्सेबीच बुधबार ऋणपत्र सूचीकृत सूचीकरण गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको चुक्ता मूल्य १ हजार रुपैयाँ अंकति दरका कुल २२ लाख ७ हजार १०८ इकाई ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो ।

यससँगै सूचीकृत डिबेन्चरको दोश्रो बजारको कारोबार आज बिहीबारदेखि दोस्रो बजार (नेप्से) मा कारोबार शुरु हुनेछ ।
बैंकले हिमालयन क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा साउन १० गते आह्वान गरी साउन ३१ गतेमा बाँडफाँड गरेको थियो ।

७ वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साल साउन ३० गते हुनेछ ।

नबिल बैंकले यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ मंसिर २०७८, बिहिबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।