कक्षा १२ को नतिजा प्रकाशित, कसरी हेर्ने ?

0
Shares

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित बताए । नियमिततर्फ ३ लाख ३८ हजार ६८८ जना र ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सम्मिलित थिए । आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका थिए ।

बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ७ हजार ६३ जना रहेको छ । यस्तै सबैभन्दा कम ०.० देखि ०.८ जीपीए ल्याउने १० हजार ७३ जना प्राप्त गरेको बोर्डले जनाएको छ । कुल परीक्षार्थीमध्ये परीक्षामा मर्यादाविपरीत कार्य गरेका ४६ जनालाई कारवार्ही गरिएको बोर्डले जनाएको छ ।

जीपीए संख्या
३.६ देखि ४.० ७ हजार ६३ जना
३.२ देखि ३.६  ४८ हजार ४९ जना
३.२ देखि ३.६ ४८ हजार ४९ जना
२.८ देखि ३.२ ७० हजार १ जना
२.४ देखि २.८ ९९ हजार ५३७ जना
२.० देखि २.४ ७५ हजार ८८ जना
१.६ देखि २.० २४ हजार ५१५ जना
१.२ देखि १.६ ३ हजार ८७५ जना
०.८ देखि १.२ २९६ जना
०.० देखि ०.८ १० हजार ७३ जना

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि वैशाखमा र साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो ।

कसरी हेर्ने नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डका अनुसार केही समयपछि नेपाल टेलिकमको वेवसाइट https://neb.ntc.net.np/ मार्फत नतिजा हेर्न सकिन्छ ।

यसैगरी एनईबी स्पेस सिम्बोल नम्बर लेखेर १६०० मा एसएमएस पठाएर तथा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ मंसिर २०७८, शुक्रबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।