
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निश्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि नागरिक लगानी कोष (सीआईटी) लाई शेयर प्रत्याभूतिकर्ता छनौट छ ।
उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरे ।
उक्त हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निश्काशन तथा विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।










प्रतिक्रिया