नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नेपाल बैंक लिमिटेड (NBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरको १७ प्रतिशत लाभांश खान सोमबार (आज) सम्म शेयर किन्नुपर्नेछ ।

बैंकले पुस २ गते आह्वान गरेको ६२ औं वार्षिक साधारण सभाका लागि मंसिर २१ गते मंगलबार शेयर दाखिल खारेजी ९बुकक्लोज० गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर २० गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ताहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल बैंक लिमिटेडको मंसिर ९ गते, बिहिबार सम्पन्न सञ्चालक समितिको बैठकले पुस २ गते शुक्रबार केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यामबाट साधारण सभा बोलाएको छ ।

सभाले सञ्चालक समिमितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।