राष्ट्र उत्थान लघुवित्तको डाक्यो साधारण सभा:मर्जर गर्न सञ्चालकलाई अख्तियारी दिँदै

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्त सञ्चालक समितिको मंसिर १९ गते सम्पन्न बैठकले पुस १५ गते केन्द्रीय, कार्यालय साँगा, काभ्रेपलाञ्चोकमा अपरान्ह्र १ बजे सभा बोलाएको हो ।

सभामा राष्ट्र उत्थान लघुवित्त र अन्य उपयुक्त संस्थासँग प्रस्तावमा गाभ्ने, गाभिने, प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ ।

जसका लागि गाभ्ने, गाभिने, प्राप्ति गर्ने सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

यस्तै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने समेत प्रस्ताव सभामा रहेको छ ।

लघुवित्तले सर्वसाधारणमा ८ लाख ५० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्न गत असार २४ गते पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिइसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७८, मंगलबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।