हुलास स्टीलले पुस १४ गते डाक्यो वार्षिक साधारण सभा

0
Shares

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडको अगामी पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर १९ गते सम्पन्न बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहालमा पुस १४ गते अपरान्ह २ः३० बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश स्वीकृत गर्ने र व्यवसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

हुलास स्टील सन् १९८१ मा गोल्छा अर्गनाइजेसन, नेपाल, र सिंगापुरको कमक्राफ्ट लिमिटेडको संयुक्त लगानीमा स्थापना भएको थियो । हुलास स्टीलले छतका पाता, जस्ता, आल्मुनियम, पोल आदी उत्पादन गर्दै आइरहेको छ । ग्याल्भेनाइज्ड पाइप र ब्ल्याक एमएस ट्यूबहरूमा समेत हुलास अग्रणी ब्रान्ड हो । गुणस्तरीय ब्राण्ड हुलासका उत्पादनहरुमा लालीगुराँस प्रतिकमा उपलब्ध रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।