नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गर्न पुस २२ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीको मंसिर २७ गतेको सञ्चालक समितिको बैठकले कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७६/७७ को प्रिमियम वाहेक वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७÷७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।
सभाले नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताहरुबाट दुई जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया