लक्ष्मी बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’मा समावेश

0
Shares

लक्ष्मी बैंक (LBL) ले दिगो वातावरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा पछिल्लॊ कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) मा सामेल भएको छ।

पीक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयॊग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो।

साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि पीक्याफको विधिलाई वित्तीय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वव्यापी विधिको मान्यता दिएको छ।

लक्ष्मी बैंकले पीक्याफमा सामेल भई नेट–शून्य भविष्यतर्फ अग्रसर हुँदै कोप२६ मा नेपालको राष्ट्रिय प्रतिबद्धतालाई समेत सहयॊग पुग्नेछ।

यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनको माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्विम्बित गरेकॊ छ।

‘हाम्रो व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ’, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, ‘पीक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंककॊ ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ। तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौँ।’

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७८, मंगलबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।