बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त महर्जन प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ललितपुर महानगरपालिका–२१ का ४२ वर्षीय अमर महर्जनलाई मंगलबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाट २०७८ असोज ८ गतेको फैसलाले ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका महर्जनलाई मंगलबार प्रहरीले शंखमुलबाट नियन्त्रण्मा लिएको जनाएको छ ।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात नभएको भन्ने जानी जानी पीडितहरूलाई मेगा बैंक लिमिटेडको चेकहरु दिएर बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७८, बुधबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।