लोक सेवा आयोगले ठुलो संख्यामा शिक्षकहरुको माग गरेको छ ।
आयोगले सातै प्रदेशका लागि नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्या लगायतका अन्य विषयका लागि १ हजार ५४९ जना शिक्षक माग गरेको हो । 
आयोजले सामाुदायिक विद्यालयको माध्यमिक तह तृतिय श्रेणी शिक्षक पदमा खुला तथा समावेशि प्रतियोगितात्मक परीक्षाद्धारा उक्त शिक्षकको परिपूर्ती गर्ने भएको हो।
आयोगले सबैभन्दा बढी विज्ञान विषय पढाउने शिक्षकको माग गरेको छ । आयोगका अनुसार उक्त विषयका लागि ४३५ जना शिक्षकको माग गरेको हो ।
त्यसैगरी अंग्रेजीका लागि ३१२ जना, गणितका लागि २३१ जना, नेपालीका लागि २३१ जना, सामाजिकका लागि २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, शुक्लयजुर्वेद २, स्वस्थ्य २, संस्कृत व्याकरण २, संस्कृत भाषा ३, संस्कृत साहित्य १, कम्प्यूटर विज्ञान ६ जना र न्यायका लागि १ जना शिक्षकको माग गरेको आयोगले जनाएको छ ।
उक्त पदका लागि योग्यता पुगेका नेपाली नागरिकले दरखास्त फारम बुझाउन सक्नेछन् । दरखास्त फारम आयोगको आधिकारीक वेभसाइटबाट पेश गर्न सकिन्छ।
फारम पुस २९ गते सम्म त्यसैगरी दोब्बर दस्तुर तिरी माघ ६ गते सम्म बुझाउन सक्ने आयोगले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया