अघिल्लो दिन सकारात्मक सर्किट लागेर पौने दुई घण्टामै बन्द भएको शेयर बजारमा बुधबार भने ४ अंक बढीको गिरावट आएको छ । बजार सामान्य घटेपनि कारोबार रकममा भने बढोत्तरी आएको छ । 
मंगलबार कारोबार समय अगावै नेप्से ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि कारोबार बन्द गरिएको थियो। मंगलबार बजार १ बजेर २६ मिनेट जाँदा नेप्से ६.०१ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेर २४१८.८४ बिन्दुमा पुगेको हो ।
यस दिन नेप्से सूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ । यसदिन ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर खरिद बिक्री भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक रहेका छन भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक रह्यो ।
बुधबारको बजारमा महालक्ष्मी विकास बेंकको सबैभन्दा धेरै १६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको बजारमा नयाँ सारथी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया