बिहीबार तीन लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सपोट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । 
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार तीनवटै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार सपोट लघुवित्तको ३० प्रतिशत, सूर्योदय लघुवित्तको २० प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोन पछि नयाँ मूल्य निर्धारण गरेको हो ।
जस अनुसार सपोट लघुवित्तको १ हजार ७६९.२३ रुपैयाँ, सूर्योदय लघुवित्तको १ हजार ४२७.५० रुपैयाँ र वोमी लघुवित्तको १ हजार ३४०.८३ रुपैयाँ कायम गरिएको छ ।
शेयर मूल्य समायोजन अघिल्लो दिन अर्थात बुधबारको मूल्यलाई आधार मानेर गरिएको हो । सपोट लघुवित्तले प्रतिकित्ता २ हजार ३०० रुपैयाँ, सूर्योदय लघुवित्तले प्रतिकित्ता १ हजार ७१३ रुपैयाँ र वोमी लघुवित्तले प्रतिकित्ता १ हजार ६०९ रुपैयाँमा अन्तिम पटक कारोबार गरेको थियो ।
बिहीबार समायोजन भएको मूल्यलाई आधार मानेर तीनवटै लघुवित्तको सो मूल्यमा कारोबार खुला हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया