सेन्ट्रल फाइनान्सले घोषणा गर्यो लाभांश

0
Shares

सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३.३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल फाइनान्सको चुक्ता पूँजी ८८ करोड १० लाख ३५ हजार ७०९ रुपैयाँ १३ पैसा रहेको छ। ७.७ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८ रुपैयाँ ७२ पैसा पुग्नेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ पुस २०७८, बिहिबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।