
एपीवान टेलिभिजनमा माघ पहिलो साताददेखि नयाँ रियालिटी शो ‘ब्यान्ड च्याम्पियन नेपाल रियालिटी शो’ सुरु हुने भएको छ । देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन हुन लागेको हो ।
हाल टेलिभिजनमा प्रसारण भैरहेका रियालिटी सो भन्दा यसले मौलिक र फरक पहिचान स्थापित गर्ने आयोजक लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
माघदेखि सातामा दुई दिन शनिबार र आइतबार प्रसाारणमा आउन लागेको शो जेठसम्म प्रसारण हुनेछ । शो को हालसम्म डिजिटल अडिसन र जर्ज अडिसन सम्पन्न भैसकेको छ ।
ब्यान्ड च्याम्पियनका लागि मंसिर २० गतेसम्म डिजिटल अडिसन खुला गरिएकोमा सो रााउन्डका लागि देशभरका २०० ब्यान्डले सहभागिता जनाएका थिए । डिजिटल अडिसनमामध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन् । जज राउन्डबाट छनौट भएका ब्यान्डहरुबीच ओरिजिनल सङ राउन्ड हुनेछ । जहाँ ब्यान्डले आफ्नै गीत गाउनुपर्ने हुन्छ ।
उत्कृष्ट १० मा पुगेका ब्यान्डहरूबीच भोटिङ राउन्ड सुरु हुनेछ । भोटिङ राउन्डमा जजको ६० प्रतिशत र भोटको ४० प्रतिशत भूमिका हुनेछ । ब्यान्ड च्याम्पियनको जजमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन् । नेपाल आइडलकी सिजन-३ की गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन् ।
ब्यान्ड च्याम्पियनका विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी फस्ट रनरअपले ६ लाख तथा सेकेन्ड र थर्ड रनरअपले ४/४ लाख पुरस्कार पाउनेछन् । विजेता ब्यान्डले विभिन्न ७ वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउनेछ ।
ब्यान्ड च्याम्पियन नेपाल रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले एक जनाको मात्रै नभई पूरै समूहकै प्रस्तुति हेरिने भएकाले सबै सदस्यको उत्तिकै भूमिका रहने बताए । निर्देशक शेर्पाले भने, ‘ ब्यान्ड च्याम्पियन पावर, प्यासन र पर्फमेन्सको प्रस्तुति हो । प्रतिस्पर्धामा विशेषगरी रक, पप र आधुनिक मेलोडी गीतहरू प्रस्तुत हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया