कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको पुस १ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।
यस्तै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । सरकारले लगानी गरेको करिब साँढे पाँच अर्बको लगानीबाट हरेक वर्ष ६ प्रतिशत लाभांश लैजाने गरेको छ ।
बैंकले घोषणा गरेको लाभांश वाणिज्य बैंकहरुमा तेस्रो ठूलो लाभांश हो । नबिल बैंक र हिमालयन बैंकले मात्र कृषि विकास बैंकभन्दा धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
यसअघि अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट बैंकले प्रतिशत १५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले प्रस्ताव गरेको लाभांश ५.२७ प्रतिशत बढी हो ।
यस्तो छ विगतको लाभांश इतिहासः
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2076/2077 | 15.00 | 0.79 | 15.79 |
| 2 | 2075/2076 | 6.00 | 24.00 | 30.00 |
| 3 | 2074/2075 | 6.00 | 15.05 | 21.05 |
| 4 | 2073/2074 | 20.00 | 1.05 | 21.05 |
| 5 | 2072/2073 | 20.00 | 1.05 | 21.05 |
| 6 | 2071/2072 | 15.00 | 0.79 | 15.79 |
| 7 | 2070/2071 | 7.00 | 8.00 | 15.00 |
| 8 | 2069/2070 | 0.00 | 31.58 | 31.58 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया