नेपाल हाइड्रो डेभलपरले घोषणा गर्यो लाभांश

0
Shares

नेपाल हाइड्रो डेभलपर्सले लिमिटेड (NHDL) ले गत आर्थिक वर्ष २०७७।७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसअनुसार कम्पनीले चुक्ता पूँजी २९ करोड ९० लाख रुपैयाँको ७ प्रतिशत अर्थात २ करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५७८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

 

साथै सोही बैठकले लाभांश पारित गर्न पुस २८ गते कम्पनीको १५ औं वार्षिक साधारण सभा समेत आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते मंगलबारदेखि २८ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने जनाएको छ । यसअनुसार पुस १२ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहने लगानीकर्ताले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

प्रस्तावित लाभांश कम्पनीको आगमी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । २ करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले अघिल्लो आव २०७६/७७ बाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा आधा कम लाभांश वितरणको प्रस्ताव गरिएको हो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।