प्रोगेशिभ फाइनान्सले एक दशकपछि प्रस्ताव गर्यो लाभांश

0
Shares

प्रोगेशिभ फाइनान्स (PROFL) ले एक दशकभन्दा पछि सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको पुस १ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

फाइनान्सले एक दशक यता नै लाभांश वितरण गरेको थिएन । आव २०६६/६७ यता फाइनान्सले कुनैपनि लाभांश वितरण गरेको देखिँदैन ।कम्पनीले आव २०७१/७२ मा चुक्ता पूँजीको ७५ प्रतिशत र आव २०७४/७५ मा २८१ प्रतिशत हकप्रद जारी गरेर पूँजी बढाएको थियो ।

फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।