सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिएको छ । गृहले एक सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईले पुस १ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार उधौली पर्व, योमरी पुन्ही (ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा आइतबार देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया