सातामा ७३.२३ अंकले घट्यो नेप्से, गाेर्खाजका लगानीकर्ता भने मालामाल

0
Shares

साताका पाँचमध्ये ४ कारोबार दिन घटेपछि यस साता नेप्से परिसूचक ७३.२३ अंकले घटेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २४४९.९७ बिन्दुमा बन्द भएको नेप्से यो साताको अन्त्यसम्ममा २.९९ प्रतिशतले घटेर २३७६.७४ बिन्दुमा झरेको हो । मंगलबार भने पुरा कारोबार समय अगावै नेप्से ६.०१ प्रतिशत ( १३७.१८ अंक) बढेर सर्किट लागेपछि बीचमा कारोबार बन्द भएको थियो ।

यो साता दैनिक औषतमा ३ अर्ब २२ करोडको शेयर खरिदबिक्री हुँदा १६ अर्ब ११ करोडको सेयर कारोबारमा आएको छ । अघिल्लोसातको तुलनामा कारोबार रकम ५.७८ प्रतिशतले घटेको छ । यस्तै नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब ३ अर्बले घटेर ३३ खर्ब ४१ अर्बमा सीमित भएको छ।

कारोबारमा आएका १३ वटै उपसमूहगत परिसूचक ओरालो लागेका छन् । जसमध्ये निर्जीवन बीमा र विकास बै.क ५.८० प्रतिशतले घटेका छन् भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.८० प्रतिशत मात्र घटेको छ ।

नेप्से घटेपनि यो साता गाेर्खाज फाइनान्सको सेयरमा लगानी गरेका लगानीकर्ता मालामाल भएका छन् । फाइनान्सको सेयरमूल्य सर्वाधिक २७.२९ प्रतिशतले बढेको हो । माउन्टेन इनर्जी नेपाल, नेपाल बंगलादेश बैंकको मूल्य ६ प्रतिशतभन्दा धेरै बढेको छ । उता लुम्बिनी विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै १८.७० प्रतिशतले घटेको छ भने सर्पाट माइक्रोफाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरको मूल्य उच्च घटेको छ । यी कम्पनीको अधिकतम १८ देखि १३ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा यो साता मञ्जुश्री फाइनान्सुको सर्वाधिक ६३.६६ करोडको सेयर कारोबारमा आएको छ । नबिल बैंक, नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र अपि पावरको ४२ करोड माथि सेयर कारोबार भएको छ ।

कारोबार संख्याका आधारमा यो सता एचआईढिसिएलको सबैभन्दा धेरै हजार ९०५ वटा कारोबार भएको छ भने सेयर संख्याका आधारमा नेशनल हाइड्रोपावरको १६ लाख ३० हजार कित्ता सेयर खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७८, शनिबार  १४ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।