श्रोत नखुलेको साढे ४ लाख नगद सहित भारतीय नागरिक पक्राउ

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको साढे चार लाख रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत घर भएका १९ वर्षीय विकाश कुमार पासवानलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनलाई गौर नगरपालिका–१ स्थित सडकबाट उक्त नियन्त्रणमा लिइएको प्रहरलिे जनाएको छ ।

प्रहरीका अनुसार बैरगिनियाबाट गौरतर्फ आउँदै गरेको बिआर ३० एबी २६५७ नम्बरको मोटरसाइकललाई भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला परेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७८, आइतबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।