आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बोनस समायोजन गरी मूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार तीनवटै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार प्रभु बैंकले १२ प्रतिशत, सनराइज बैंकको ६.६५ प्रतिशत र मनकामना लघुवित्तको १७ प्रतितशत बोनस समायोजनपछि नयाँ मूल्य निर्धारण भएको हो ।
बोनस समायोजनपछि प्रभु बैंक (PRVU) को प्रतिकित्ता २९४.१० रुपैयाँ तथा सनराइज बैंक (SRBL) को २५४.१० रुपैयाँ र मनकामना लघुवित्त (MKLB) को १ हजार ३३३.३३ रुपैयाँ मूल्य तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार बन्द भएको अन्तिम मूल्यलाई आधार मानेर सेयर मूल्य समायोजनको गरिएको हो । बिहिबार प्रभु बैंकको ३३०.१० रुपैयाँ, सनराइज बैंकको प्रतिकित्ता २७१ रुपैयाँ र मनकामना लघुवित्तले प्रतिकित्त १ हजार ५६० रुपैयाँमा अन्तिम पटक कारोबार गरेको थियो ।
आइतबार समायोजन भएको मूल्यलाई आधार मानेर अब सोमबारदेखि तीवटै कम्पनीको सेयर कारोबार खुला हुनेछ । सरकारले उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) पर्वकालागि आइतबार उपत्यकामा सार्वजनिक विदा र देशभरका अन्य क्षेत्रका लागि सम्बन्धित समुदायका लागि विदा दिएकाले आइतबा धितोपत्र बजारमा सेयर खरीद बिक्री बन्द रहनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया