आइतबारदेखि वाग्मती प्रदेशका २ लाख बालबालिकालाई कोभिड खोप लगाइने

0
Shares

आइतबारदेखि वाग्मती प्रदेशका १२ देखि १७ वर्ष उमेर समूहका २ लाख २ हजार २८७ जना बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ ।

खोप अभियान अन्तर्गत सरकारको वाग्मती प्रदेशका बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो ।

वाग्मती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले यसका खोप कार्यक्रममका लागि २ लाख ७ हजार ३८० डोज खोप उपलब्ध गराइएको जानकारी दिए । खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न वाग्मती प्रदेशका सबै स्वास्थ्य इकाईहरूलाई स्पष्ट निर्देशन दिइएको उनले बताए ।

आइतदेखि प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान सुरू भएको हो । यी जिल्लाका स्वास्थ्यकर्मीहरुले विद्यालयमा पुगेर खोप अभियान सञ्चालन गर्नेछन् । जिल्लाका स्वास्थ्य ईकाईहरूले स्थानीय तह र विद्यालयहरूसँग समन्वय गरी लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाइएको मन्त्रालयले जनाएको छ ।

खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएको मन्त्रलायले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको छ । सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७८, आइतबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।