निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) को तेइसौं वार्षिक साधारण सभा पुस २५ गते, आइतबार हुने भएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने मुख्य प्रस्ताव सहित पुस २५ गते आइतबार दिउँको १ बजे केन्द्रीय कार्यालय, नक्सालमा भर्चुअल माध्यमबाट सभा डाकेको छ ।
सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २९.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी सभाले लघुवित्तको अधिकृत पूँजी २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब पुर्याउने तथा लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साथै, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिका सदस्यहरुको मनोनयन अनुमोदन गर्ने प्रस्ताव पनि सभामा छ ।
लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस १३ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । यस अनुसार पुस १२ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया