सुन तोलामा ८ सय रुपैयाँले घट्यो, यस्तो छ बजार मूल्य

0
Shares

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ तथा चाँदीको मूल्य तोलाको १ हजार २३५ रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन तोलाको ९३ हजार ८०० रुपैयाँ, तेजावी सुन ९३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुन तोलामा २ सय रुपैयाँले बढेर कारोबार भएको थियो भने चाँदीको मूल्य स्थीर रहेको थियो ।

महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.४४ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।