युनियन हाइड्रोका लगानीकर्ताले लाभांश नपाउने

0
Shares

युनियन हाइड्रोपावर (UNHPL) का लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।

हाइड्रोपावरको पुस ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभा.श बिनै पुस २७ गते कम्पनीको १५ औं वार्षिक साधारण सभा बोलाएको हो ।

पुस २७ गते मंगलबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर ३, धोबिघाटबाट भर्चुअल माध्यबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आव २०७७।७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफलतथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदन सहित आव २०७७।७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथी छलफल तथा स्वीकृत गर्ने र आव २०७८।८९ को लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण र प्रबन्ध सञ्चालकको नियुक्ती र पारिश्रमिक अनुमोदन सम्बन्धमा छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

सर्वसाधारणमा २०७६ बैशाखमा आईपीओ जारी गरेको यस कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।