नयाँ सारथी लघुवित्त वित्तीय संस्था (NSLB) ले सरोज घिमिरेलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ ।
लघुवित्तको पुस ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिएको कम्पनीले जनाएको छ ।
उक्त जानकारी नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया