बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले पुस २९ गते बिहीबार साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको पुस १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आर्थिक वर्ष २०७७।७८ को वार्षिक साधारण सभा पुस २९ गते बोलाइएको कम्पनी सचिव प्रकाश भुजेलले जानकारी दिए ।
कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर काठमाण्डौंमा बिहान १० बजे वार्षिक साधारण सभा आह्वान गरिएको छ ।
कोभिड-१९ महामारीको जोखिम कायम नै रहेको हुनाले साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई जुम मिटिङ आईडी तथा पासवर्ड उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया