३०% हकप्रद ल्याउन लागेको छ्याङ्दी हाइड्रोपावरको यस्तो छ वित्तीय अवस्था

0
Shares

पूँजी वृद्धिका लागि ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेको छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालू आवको पहिलो त्रैमाससम्ममा १ करोड ७९ लाख २८ हजार नाफा कमाएको छ ।

अघिल्लो आवको तुलनामा कम्पनीको यो नाफा ९.५६ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ करोड ९८ लाख २४ हजार नाफा कमाएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १०.२७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०६.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.२९ गुणा छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्री बापत आय ९ प्रतिशत बढेर १ करोड ८४ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवमा कम्पनीले विद्युत् बिक्रीबाट १ करोड ६८ लाख आम्दानी गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।