
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) को पाँचौं वार्षिक साधारण सभा पुस २७ गते मंगलबार बिहान १० बजे हुने भएको छ ।
लघुवित्त को पुस ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस २७ गते मंगलबार होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा पाँचौं वार्षिक साधारण सभा डाकेको छ ।
सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
लघुवित्तले साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १५ गते सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
बुकक्लोज अनुसार पुस १४ गते बुधबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई नियमानुसार सिडिएसएण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई संस्थाको सेयर दर्ता किताबमा कायम हुन आएका सेयरधनीहरुले मात्र सभामा भाग लिन साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया