शिक्षक सेवा आयोगद्धारा निमावि तहका करिब २६ सय शिक्षक माग

0
Shares

शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षकको आवेदन माग गरेको छ । आयोगले बुधबार आफ्नो वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि २ हजार ५ सय ९८ जना शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो।

आयोगले नेपाली विषयमा ४३७ जना, अंग्रेजी विषयलाई ६२४ जना, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरेको छ।

शिक्षक छनौटका लागि आगामी चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। योग्य उम्मेदवारहरुले आगामी माघ ६ गतेभित्र आवेदन दिन सक्नेछन्।

निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन- २०७८

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७८, बुधबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।