
श्रृजनशील लघुवित्तले ३ करोड ३७ लाख बराबरको आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सनराइज क्यापिटललाई साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
लघुवित्तले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम ३ करोड ३७ लाख २ हजार ५ सय रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो ।
आईपिओ निष्कासन कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त श्रृजनशील लघुवित्त वित्तीय संस्थाको गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया