
लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) को शुक्रबार सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाले लाभांश अनुमोदन गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १३ प्रतिशत बोनस सेयर सहित कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७८।७९ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पनि अनुमोदन गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया