माघ १८ गतेदेखि सूचना प्रविधि मेला आयोजना हुने

0
Shares

आगामी माघ १८ गतेदेखि भृकुटीमण्डपमा सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०२२’ आयोजना हुने भएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आइतबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो । २७ औं संस्करणको सम्मेलन माघ २३ गतेसम्म चल्नेछ । कोरोना संक्रमणका कारण बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म पुर्व निर्धारित कार्यक्रम यसअघि स्थगित भएको थियो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान मेला आयोजना गर्दै आएको छ ।

आईएमई पे को प्रायोजन तथा स्मार्टच्वाइस टेक्नोलोजिजको सह प्रयोजनमा इन्फोटेक आयोजन हुनेछ । त्यसैगरी प्लाटिनम प्रायोजकमा वल्डिक कम्युनिकेशन्स, डाइमन्ड स्पोन्सर डिसहोस फाइवनेट, गोल्ड प्रायोजनमा नेपाल टेलिक र सिल्भर प्रायोजनमा नमस्ते पे र डिजिकम रहेका छन् ।

नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति विज्ञ, संघरसंस्था र व्यवसायीहरुको छाता संगठनको रुपमा सन् १९९२ मा कम्प्युटर एशोसिएशन नेपाल (क्यान) स्थापना भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।