रिलायन्स लाइफको लाभांश अनुमोदन

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) को आइतबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ (कर सहित) बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । मङ्सिर २४ गते कायम सेयरधनीले मात्र सभाबाट पारित लाभांश पाउनेछन् ।

सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी डा. बद्री प्रकाश पोखरेल र परिक्षीत खेमकालाई निर्वाचित गरेको छ ।

यस्तै सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

साथै, सभाले कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन अनुसार अनुमोदन गरेको छ । सभाबाट चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।