महालक्ष्मी विकास बैंक र निर्धन उत्थानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

महालक्ष्मी विकास बैंक र निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने पुस १२ गते सोमबार (आज) अन्तिम दिन रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज मिति तोकेको छ ।

बुकक्लोज मिति अनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

महालक्ष्मी विकास बैंकले गत आवको नाफबाट चुक्ता पूँजीको २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस र सो को कर प्रयोजननार्थ १.०५ प्रतिशतले हुने ३ करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २५ गते आइतबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे बीसौं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै सभाले संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पुस २५ गते, आइतबार केन्द्रीय कार्यालय, नक्सालमा दिउँसो १ बजे तेइसौं वार्षिक साधारण सभा डाकेको छ ।

सोमबार महालक्ष्मी विकास बैंकको सेयर प्रतिकित्ता ५८२ रुपैयाँ र निर्धन उत्थान लघुवित्तको सेयर प्रतिकित्ता १५८० रुपैयाँमा हाराहारीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७८, सोमबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।