नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेका अनुसार महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९.५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस शेयरपश्चातको मूल्य समायोजन गरिएको हो।

समायोजनपश्चात महालक्ष्मी विकास बैंकको शेयरमूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ भने निर्धन उत्थानको १ हजार २०० रुपैयाँ ७७ पैसा र नेपाल हाइड्रो डेभलोपर्सको ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ पुस २०७८, मंगलबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।