
नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको पुस १४ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ तीन कम्पनीहरुले बुधबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बोनस समायेजनपछि नेपाल पुनर्बीमाको १ हजार १०४ रुपैयाँ ७२ पैसा, उन्नती सहकार्यको १ हजार ४८८ रुपैयाँ ४६ पैसा र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य ४४३ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।
नेप्सेले नेपाल पुनर्बीमाको १६.५० प्रतिशत बोनस, उन्नती सहकार्यको ३० प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस सेयर समायोजन गरी मूल्य तोकेको हो । बुधबार तीनवटै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा ती कम्पनीहरुको मूल्य समायोजन गरिएको नेप्सेले जनाएको हो । मंगलबार दोस्रो बजारमा नेपाल पुनर्बीमा कम्पनीको १ हजार २८७ रुपैयाँ, उन्नती सहकार्यको १ हजार ९३५ रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता ५०२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया