चालु आवको छैटौं महिनामा लक्ष्यको साढे दश प्रतिशत वैदेशिक अनुदान प्राप्त

0
Shares

सरकारले चालु आर्थिक वर्षको छैटौं महिनाको पहिलो साता सरकारले लक्ष्यको १०।५२ प्रतिशत वैदेशिक अनुदान प्राप्त गरेको छ ।

चालु आवका सरकारले ६० अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य लिएकोमा पुस ८ गते बिहीबार आएर सरकारी खातामा ६ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग शोधभर्ना भई आएको महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैदेशिक सहायतामा सञ्चालित आयोजनामा खर्च भइसकेको रकम शोधभर्ना बापत सरकारी खातामा आएको हो ।

सरकारी आय व्ययको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा साउन १ देखि पुस ७ गतेसम्म यस्तो रकम एक रुपैयाँ पनि प्राप्त भएको थिएन । छैटौँ महिनापछि सरकारले वैदेशिक अनुदान प्राप्त गर्न थालेको छ । चालु आवमा अनुदान सहयोग तथा ऋण सहयोगका गरी वैदेशिक सहायताको करिब ४० अर्ब रुपैयाँ सरकारी खातामा आउने क्रममा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रम तथा आयोजनामा खर्च भएको रकम बराबर शोधभर्ना भई नेपाल सरकारको खातामा प्राप्त हुन्छ  । कुनै पनि विदेशी सहयोगमा सञ्चालित आयोजनामा सुरुमा नेपाल सरकारले बजेट दिएर खर्च गरिन्छ  । खर्च पुष्टि भएपछि मात्रै दातृ निकायले खर्च बराबरको रकम शोधभर्ना गरिदिन्छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा अपुग हुने स्रोतमध्ये ५९ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक अनुदानबाट पूर्ति गर्ने लक्ष्य लिएको छ  ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस १३ गतेसम्ममा विनियोजित बजेटको ७.८८ प्रतिशत अर्थात ३४ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ भने चालुतर्फ विनियोजित बजेटको ३४.९६ प्रतिशत अर्थात ३ खर्ब ५० अर्ब ९० करोड रुपैयाँ खर्च भएको छ ।

राजश्व संकलनतर्फ मंगलबारसम्म सरकारले कुल लक्ष्यको ३७.२७ प्रतिशत अर्थात ४ खर्ब ३९ अर्ब ९७ करोड रुपैयाँ उठाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७८, बुधबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।