गरिमा विकास बैंक (GBBL) ले निष्काशन गरेको १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको छ ।
बैंकले मंसिर १६ गतेदेखि पुस १ गतेसम्म बिक्री गरेको ऋणपत्र पुस १३ गते बाँडफाँड गरेको हो ।
बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर, २०८५ ” नामको ऋणपत्र बिक्रीमा ल्याएको थियो ।
कुल १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट (परिपत्र विधिमार्फत) संस्थागत लगानीकर्तालाई र ४० प्रतिशत अर्थात् ४ लाख कित्तामध्ये पनि ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ३ लाख ८० हजार कित्ता भने सार्वजनिक निष्कासन मार्फत बिक्री गरेको थियो ।
उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । उक्त ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पूरा गरेको छ ।
अधिकृत पूँजी ५ अर्ब रहेको बैंकको जारी तथा पूँजी चुक्ता ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रहेको छ । बैंकमा संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया